Bal-Umang

Bal-Umang

घरमा लोग्ने हुदाँ हुदै बाहिर नाठो खोज्छौ – गजल

खेम अधिकारी  536 पटक हेरिएको

व्रत बस्छु भन्दै बार्ने नगर
आईमाई भै बहर नार्ने नगर

छोरी मान्छे राति राति हिडनु राम्रो हैन
आज हुन्न भन्दै ओछ्यान सार्ने नगर

यता माय देखाएर अन्त के के गर्छौ
योगा गर्छु भन्दै खुट्टा फार्ने नगर

कामधाम छैन र नि पैसै पैसा बोक्छौ
रेष्टुरेन्ट र होटलतिर चार्ने नगर

घरमा लोग्ने हुदाँ हुदै बाहिर नाठो खोज्छौ
बेगर भाले अन्डा तिमी पार्ने नगर

मन परेका जतिलाई के के मात्र दिन्नौ
अर्काको नौनी घीउलाई खाने नगर

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार