राजपाकाे वर्षिक उत्सवमा भारतीय राजदुत पुरीले बाडेँ मिठार्इ

राजपा नेपालले अायाेजना गरेकाे वर्षिक उत्सवकाे कार्यक्रममा भारतीय राजदुत मञ्जित पुरीले मिठार्इ बाडेका छन्।

राजपाले सबै राजनीतिक दल, राजदुत तथा पार्टीका शुभचिन्तकहरुलार्इ पहिलाे वर्षिक उत्सवमा सरिक अनुराेध गरेकाे थियाे ।

भारतीय राजदुत पुरीले साेही अनुराेधलार्इ स्वीकार्दै कार्यक्रममा सहभागी भएर सबै नेताहरुलार्इ मिठार्इ बाडेका थिए।

राजदुत पुरी मिठार्इ बाड्दै सबै नेताहरु मिलेर अागाडी बढ्नु पर्नेमा जाेड दिएका थिए।

गत बर्ष अाज बैशाख ७ गतेकै दिन ६ वटा पार्टी मिलेर सिङ्गाे राजपा नेपाल जन्म भएकाे थियाे। साेही दिनकाे सम्झनामा अाज राजपाले पहिलाे वर्षिक उत्सव मनाएकाे छ।

उत्सव कार्यक्रममा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महताेले राजपाकाे लागि अाजकाे दिन एेतिहासिक दिन रहकाे बताएका थिए।

उनले भने,’राजपा मधेशकाे मुद्दा कार्यन्वयन गराउनकाे लागि सरकारलार्इ दबाब दिर्इरहने छ’

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार