मधेशकाे मुद्दमा सरकार गम्भीर हुनु पर्ने : राजपा अध्यक्ष मण्डलका नेता महताे

काठमाडाैँ । मधेशकाे मुद्दामा सरकार गम्भीर हुनुपर्ने राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य नेता राजेनद्र महताेले बताएका छन्। राजपाले अायाेजना गरेकाे अाफ्नाे पहिलाे वर्षिक उत्सव कार्यक्रम नेता महताेले यस्ताे बताएका हुन्।

उनले भने,’राजपाकाे लागि अाज एेतिहासिक दिन रहेकाे छ, अाजैका दिन ठिक एक वर्षअघि ६ वटा मधेशी दलका पार्टी मिलेर सिङ्गाे राजपा नेपालकाे जन्म भएकाे हाे’

नेता महताेले सरकार अहिले पनि मधेशकाे मुद्दा चासाे नदिएकाे अाराेप लगाए। उनले भने,’देश संघीयतामा गएपनि त्यसकाे महशुस जनताले गर्न पाएका छैनन्’

नेता महताेले संघीय सरकारले यदि प्रहरी,प्रशासन अाफ्नाे मतहतमा राख्छ भने प्रदेश सरकारकाे के काम छ, प्रदेश सरकारलार्इ अधिकार सम्पन्न बनाउन अति जरुरी रहेकाे बताए।

‘संघीयता नेपाली जनताकाे लागि नभइ नहुने भएकाे छ’ उनले भने, संघीयताकाे मर्म अनुसार संघीय सरकारले तत्तकाल प्रदेश सरकारलार्इ अधिकार सम्पन बनाउने तिर लाग्नु पर्छ।’

नेता महताेले हामीले उठाएका मुद्दाहरुकाे सम्बाेधन सरकारले नगरे अन्य उपाउ अपनाउने बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार