Bal-Umang

Bal-Umang

रेडकर्नर नाेटिस जारी भएका दीपक मनाङे पक्राउ

काठमाडाैँ । प्रहरीको सूचीमा मोष्टवान्टेडको रुपमा रहेका दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन्। लामो समयदेखि फरार रही प्रहरीले खोजी गरीरहेको मनाङेलाई अन्ततः पक्राउ गर्न सफल भएको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौं द्धारा खटिएको प्रहरी टोलीले मनाङको प्रदेश ९ख० बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार श्वायम्भुबाट साँझ सात बजे पक्राउ गरिएको परिसरका प्रवक्ता मोहन थापाले बताए।उनले भने,‘ लामो समय देखि प्रहरीको आखा छलेर बसेका मनाङेलार्इ विशेष सुचनाको आधार पक्राउ गरी परिसरमा ल्याइएको छ।’

गुरुङलार्इ पक्राउ गर्न प्रहरीले गत चैत्र पहिलो साता रेडकर्नर नोटिस समेत जारी गरेको थियो । जसकारण उनको खाेजी १ सय २२ देशमा हुन थालेको थियो।

पक्राउ परेका गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले सांसदको शपथ समेत लिएका छैनन् । गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार