Bal-Umang

Bal-Umang

सरकारमा जाने संभावना धेरै न्युन : फोरम उपाध्यक्ष कार्की

काठमाडाैँ । सरकारमा जाने संभावना धेरै न्युन रहेको संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष युबराज कार्कीले बताएका छन्।

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ले पहिलो र दोश्रो मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा सत्तारुढ दलकै शिर्ष नेताहरुले सरकारमा सहभागी हुन फोरम लाई अनुरोध गरेको उपाध्यक्ष कार्कीले बताए।

उनले भने,‘ जति खेर सत्तारुढ दलका नेताहरुले सरकारमा सहभागी हुने बोलाएका थिए, त्यतिखेर सरकारमा उचित स्थान दिने र हाम्रा विगतदेखि उठाइएको मुद्दालाई सम्बोधन गर्नेगरी मौखिक सहमति भएको थियो।’ उनले थप्दै भने,‘ तेश्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सत्तारुढ दलका नेताहरुले हामी सँग गरेको सहमति विपरीत जानु भएकोले हामी सरकारमा नगइ विपक्षी सरह सत्ता बाहिर बस्ने।’

उपाध्यक्ष कार्कीले सरकारमा सहभागी गराउनको लागि सत्तारुढ दलका शिर्ष नेताहरुले शहरी विकास, आवास खानेपानी तथा सरसफाइ मन्त्रालयसहितका मन्त्रालय दिने सहमति गरेका तर अन्तिम चरणमा आएर शहरी विकास, आवास खानेपानी तथा सरसफाइ मन्त्रालय लार्इ फुटाएर शहरी विकास मन्त्रायल लिन भनेपछि हामी सरकारमा सहभागी नभएके बताए।

उनले भने, अन्तिम चरणमा आएर सत्तारुढ दलका नेताहरुले धोका दिएकाले हामी सरकारमा सहभागी नभएका हौँ।’ उपाध्यक्ष कार्कीले आगाडी भने,‘ सत्तारुढ दलका शिर्ष नेताहरु अहिले पनि फोरम लाई सरकारमा सहभागी गराउन विभिन्न कोणबाट कसरत गरिरहेका छन् तर हामी सँग भएको पुर्व सहमति अनुसारे सरकारमा सहभागी हुने वातावरण नहुन्जेल सम्म फोरम सरकारमा सहभागी हुने छैन्।’

उपाध्यक्ष कार्कीले सरकारमा सहभागी हुने जति धेरै संभावना पहिला थियो त्यतिधेरै सरकारमा सहभागी नहुने संभावना धेरै छ। फोरमले सरकारलाई समर्थन गरेपनि विपक्षी सरह बाहिर बसेर नै आफ्ना एजेन्डाहरुलाई कार्यन्वयन गराउने तिर सरकारलाई झक्झाउने उपाध्यक्ष कार्कीले बताए। ‘जुन जोगी आए कानै चिरेर गए’ भन्ने उखानलाई जोड्दै उपाध्यक्ष कार्कीले विगतको सरकारले गरी रहेको व्यवहारनैे वर्तमान सरकारले गरीरहेको आरोप लगाए।

उनले भने,‘ वर्तमान सरकारमा सहभगी सत्तारुढ दल नै गरेको सहमति बाट पछाडी हट्छन भने कसले के गर्न सक्छ, तर फोरम सरकारमा सहभागी नभएपनि संघीयता कार्यान्वयन, संविधान संशोधन लगायतका मुद्दा कार्यान्यन गराउनको लागि सरकारलाई दबाब दिइरहने छ।’ उपाध्यक्ष कार्कीले छोटो समय भित्र फोरम ले उठाएको मुद्दा सुनवाई नभए वैधानिक बाटो अपनाउँदै सडकको बाटो समेत जान तयार रहेको बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार