Bal-Umang

Bal-Umang

प्रहरीले रत्नपार्कको हिरो मुकुन्देलार्इ किन पक्राउ गर्याे

काठमाडाैँ । केही समयअघि सम्म रत्नपार्कमा बसेर मुकुन्दल्याण्डको परिकल्पना गर्ने र देशका नेताहरुलाई तथानाम गाली गर्ने मुकुन्द घिमिरे (मुकुन्दे)लार्इ प्रहरीले पक्राउ गरेकाे छ।

मंगलबार बेलुका लक्ष्मीमार्ग आएका उनले अंशबण्डाकाे क्रममा असन्तुष्टि जनाउँदै भाई बुहारीलार्इ निर्घात कुटपिट गरेकाे अाराेपमा प्रहरीले उनलार्इ पक्राउ गरेकाे हाे। मुकुन्दे भाई बुहारी यशोदा लुईँटेल (घिमिरे) लाई निर्घात कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ।

उनको कुटाईबाट बुहारी गम्भिर घाईते भएकी छिन । भोजपुरको खार्ताम्छा घर भएका घिमिरेका भाई बुहारी लक्ष्मीमार्गमा बस्दै आएका थिए ।

लामो समयदेखि रत्नपार्क छोडेर एक कोठामा बसी टवीटर र बिभिन्न सामाजिक सञ्चाल मार्फत देशका नेताहरुलाई खरो प्रहार गरिरहेका उनलाई प्रहरी चौकी भाउन्नेले मंगलबार नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाएको थियाे।  मोरङको बेलबारी ११ लक्ष्मीमार्गबाट मुकुन्देलार्इ प्रहरीले पक्राउ गरेकाे हाे।

२०५८ साल पछाडि आफु आम नेपालीसहित सडकमा आएको आएको बताउने मुकुन्द घिमिरे लामो समय सम्म रत्नपार्क आसपासमा आफ्नो बिचार दिदै गरेको भेटिन्थे ।

कलात्मक भाषा शैली, रोचक प्रस्तुती र तार्किक बहसका कारण उनको भाषण सुन्नको लागि हजारौं जनता वरीपरी झुम्मिएर बस्ने गर्दथे ।

माओवादीहरु बार्तामा आए पस्चात धेरै पटक वाइसियल कार्यकर्ताको निशाना मा परेका घिमिरे त्यस पस्चात भने केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरेले हाल सामाजिक संजालमा सक्रिय छन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार