Bal-Umang

Bal-Umang

नेतृत्वको चाकडी नगर्न सिटौलाको आग्रह

काठमाडौं ,बैशाख ४- नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेतृत्वप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेस सुनसरीले कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व महामन्त्री कृष्ण सिटौलाको प्रमुख उपस्थितिमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नव वर्ष शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागि कार्यकर्ताहरुले असन्तुष्टि पोखेका हुन् । उनीहरुले नेताहरुको कार्यशैली ठीक नभएको, पाटीको आदर्श, नीति र कार्यक्रमलाई व्यवहारमा लागु नगरेको, पाटी र संगठनलाई बलियो बनाउनु भन्दा पनि आफु बलियो हुन गुट र उपगुटको राजनीति गरेको, लोकतान्त्रिक शक्तिहरु र एमाओवादी वीच सरकारमा संगै भएतापनि सहकार्य गर्न नसकेको, पाटी मनपरी ढंगले चलाएको, पाटीको नेतृत्वमा आउन जथाभावी क्रियाशील सदस्य वितरण गरेको जस्ता आरोप लगाउंदै व्यापक असन्तुष्टि व्यक्त गरेकाछन् ।
पूर्व महामन्त्री सिटौलाले कार्यकर्ताहरुले राखेका जिज्ञासा र असन्तुष्टिहरुलाई गम्भिर रुपले लिएको भन्दै अब बस्ने केन्द्रिय समितिको बैठकमा जस्ताको तस्तै प्रस्तुत गरी संवोधन गराउन पहल गर्ने र पाटीलाई अब विधान र पद्धति बमोजिम सञ्चालन गर्ने, संगठन विस्तार र सुदृढिकरण गर्ने, प्रशिक्षणका कार्यक्रमहरु राख्ने र आवश्यकतानुसार विधान संशोधन गरी पाटीलाई नयां जीवन र उर्जा दिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले कार्यकर्ताहरुलाई आफुले दिएको सुझाव सबभन्दा पहिला आफैमा लागु गर्न र नेताहरुको चाकडी नगर्न आग्रह गरे । जिल्ला सभापति राजिव कोइरालाको अध्यक्षतमा भएको कार्यक्रममा जिल्ला सचिवहरु केदार भण्डारी, सुजेन्द्र गोले, डिएन साह, कोषाध्यक्ष पंकज महतो, प्रदेश सांसदहरु मो. ताहिर अन्सारी, ज्योती सुब्बा, महासमिति सदस्य राजिव ढुंगाना, जिल्ला सदस्यहरु विमला ढकाल, दुहवी नगर प्रमुख वेद गच्छेदार, इनरुवा नगर प्रमुख राजन मेहता, उपप्रमुख जमुना पोखरेल, नेविसं केन्द्रिय सदस्य सागर प्रसाई,

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार