Bal-Umang

Bal-Umang

प्रचण्ड र सुमार्गीको ‘हेलो नेपाल’ले एनसेललार्इ टक्कर दिदैँ

‘मिडिया हब’ नै सञ्चालन गर्ने योजनामा सुमार्गी

काठमाडाैँ । पछिल्लो समय नीजी लगानी कर्ताहरुले पनि सञ्चारलाई व्यावसायको रुपमा लिएर आगाडी बढी रहेका छन्। यस्तै सञ्चारको क्षेत्रमा हेलो नेपालले पनि विगत एक दशकदेखि पश्चिम, मध्यपश्चि र सुदुरपश्चिमाञ्चलमा सेवा दिइरहेको छ।

देश संघीयतमा गएसँगै अब हेलो नेपालले पनि आफ्नो सेवा क्षेत्र विस्तार गर्न लागेको छ। हेलो नेपाल दिर्घकालिन योजनाका साथ देशभरिकै ७७ जिल्लामा आफ्नो सेवा विस्तार गर्न लागेको छ।

यदि हेलो नेपालले देश भरी आफ्नो सेवा बिस्तार गर्यो भने निश्चित रुपमा एनसेललाई धक्का पुग्ने जानकारहरु बताउँछन्।हेलो नेपालको लगानीकर्ता प्रचण्ड र अजेयराज सुमार्गी रहेका छन्। प्रचण्ड र सुमार्गीको लगानीमा सञ्चालित हेलो नेपाललार्इ देशभरि विस्तार गर्न विभिन्न
योजनाहरु सञ्चालन गर्न लागेका छन्।

हेलो नेपाललाई यस अघिनै देशभरि बिस्तार गर्ने योजनामा रहेका सुमार्गी अदालती मुद्दा लगायत विविध कारणले ढिलो भएको उनी निकटका ब्यक्तिहरु बताउँछन्।

सुमार्गी सँग वैधरुपमा रहेको पैसालाई सिआइबी र सम्पती सुद्धिकरण लगायतका निकायले अवैध भनि अदालतमा मुद्दा दयार गरेकोले हेलो नेपालकाे विस्तारमा ध्यान दिन नसकेको उनी निकटका जानकारहरु बताउछन्।तर अदालतले उक्त पैसा वैध हो भनि फुकुवा गरेपछि पुनः सञ्चार क्षेत्रमा लगानी गर्न लागेका छन्।

सुमार्गी निकटका जानकारहरुका अनुसार सुमार्गीले ‘मिडिया हब’ नै सञ्चालन गर्ने योजनामा रहेका छन्।हेलो नेपालले देश भरि सञ्चारको विस्तार गर्नुका साथै टेलिभिजन समेत सुरु गर्ने योजनामा रहेको छ। टेलिभिजनको प्राविधिक कुराहरुको तयारी भइरहेको छ।

सुमार्गीले टेलिभिजन सञ्चालन गरे भने केही हद सम्म अहिले सञ्चालनमा रहेका नीजी टेलिभिजनहरुलाई धक्का पुग्ने जानकारहरु बताउँछन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार