मूख्यमन्त्री राउतद्धारा आगलगी पिडितलाई राहत

महागढीमाई नगपालिका ५ कवहीमधुरीमा आगलगि पिडित परिवारलाई प्रदेश नम्बर २ का मूख्यमन्त्री लालबाबु राउत गद्दी नेतृत्वको टोलीले राहत बितरण गरेको छ । शनिबार बेलुका लागलगि हुँदा कवहीमधुरीका दुई दर्जन भन्दा बढि दलित परिवारको घरहरु पुर्ण रुपले जलेर नष्ट भएको थियो । घरसँगै घर भित्र रहेका लताकपडा, खद्यान्न लगाएतका सम्पुर्ण समाग्री जलेर नष्ट भएको पिडितहरुले बताएका छन्।

मूख्यमन्त्री नेतृत्वको टोलीले पिडित परिवारलाई त्रिपाल, भाडाकुडा, खद्यान्न समाग्री लगाएतका राहत उपल्बध गराएको छ ।
राहत बितरण गरे पछि मूख्यमन्त्री राउत आगलगि पिडित परिवारलाई प्रदेश सरकारले पछि पनि सक्दो सहयोग गर्ने आश्वासन समेत दिएका छन्।
आगलगि बाट स्थानीय रामभजन राम, रामबिश्वास राम,कपिल राम, सुरज राम, भानु राम, कन्हाई राम, भुटाही राम, भोला राम, सोहन राम, लकेश राम, अमिरा राम, धुरेन्द्र राम, रामअश्रे राम, जिउत राम लगाएत २८ दलित परिवारको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
त्यसै गरी महागढीमाई नगरपालिका बरियारपुरले पनि आगलगीबाट पिडित परिवारलाई राहत स्वरुप ११ हजार नगद सहित खाद्यान्न सामाग्री र लता–कपडा दिने निर्णय गरेको छ ।
नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा आईतबार बसेको बोर्डको बैठकले नगरपालिकाको वार्ड नं. ५ स्थित रहेको कवहीजब्दीको दलित बस्तीमा भएको आगलगी पिडित परिवारहरुलाई राहत दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । प्रति घरधुरीलाई ११ हजार नगद सहित साडी, लुंगी, गम्छा, गंजी लगायतका लताकपडा राहत दिने निर्णय गरेको नगरप्रमुख उपेन्द्र यादवले बताएका छन् । आगलगी पिडित परिवारलाई नगरपालिकाले १० दिनसम्म खाना, नास्ता उपलब्ध गराउने निर्णय समेत भएको उनले बताए ।
आगलगीमा परी २८ घरधुरीको अन्न, लता कपडा नगद पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलगीबाट ३४ घरधुरीका बृद्ध, युवा, युवती, बालबालिका गरी एक सय ९५ जना पिडित बनेका अवस्था रहेको नगरपालिकाले जनाएको छ। राहत बितरण गर्न पुगेको टोलीमा प्रदेश नम्बर २ का भौतिक निर्माण मन्त्री जितेन्द्र सोनल, प्रतिनिधी सभा सदस्य रामसहायक यादव र प्रदेश सभा सदस्य लगाएत रहेका छन्।
फोटोः आगलगिबाट नष्ट भएका स्थानीयहरुको घर ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार