Bal-Umang

Bal-Umang

युएईमा हुने १५ खेलमा नेपाली खेलाडी सहभागी हुने

युएई, २ बैशाख | अगामी अप्रिल २० का दिन युएईमा हुने एक दिवसिय १४औं राष्ट्रिय कराते च्याम्पियनसिप जेकेएस (जापान कराते सोतोकान) कप २०१८ मा नेपाली खेलाडीहरु पनि सहभागी हुने भएका छन । खेल दुवईमा रहेको शवाव अल अलिक क्लबको हलमा प्रतिस्पर्धा हुनेछ ।

व्यवसायिक रुपमा युएईमा दर्ता भएर खेल खेलाइरहेको एभरेष्ट मार्शल आर्ट क्लबले पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो । शुक्रबार क्लबको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका प्रमुख रवि शाहीले उक्त प्रतिस्पर्धामा दुई महिला सहित १० नेपाली खेलाडीहरु सहभागी हुने बताए ।
उनका अनुसार १० नेपाली खेलाडीहरुले काता(प्रर्दशन) र कुमुते(भिड्ने) गरि १५ खेलमा सहभागी हुनेछन् । विभिन्न देशका गरी ८० क्लबहरु प्रतिस्पर्धी रहने सो खेलमा नेपालबाट राष्ट्रिय खेलहरु खेलेर आएका खेलाडीहरु र क्लबले उत्पादन गरेका खेलाडीहरु लिएर उक्त खेलमा सहभागी हुने शाहीले बताएका छन् । यस खेलबाट राम्रै सफलता हात पार्नेमा आशावादी रहेको समेत उनले बताए ।

खेलाडी व्यवस्थापनमा आर्थिक समस्या
नेपाली लगानीमा केही महिना पहिले दर्ता गरिएको एभरेष्ट मार्शल आर्ट क्लबले छोटो समयमा नै युएईको राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न गइरहेको भन्दै प्रमुख शाहीले खेलाडीहरुको व्यवस्थापनमा आर्थिक समस्या भएको बताए । उनले आर्थिक सहयोगको लागि युएईमा क्रियाशिल विभिन्न संघसंस्थाहरुसँग अनुरोध गरेको पनि बताए । रोजगारीको लागि प्रवासमा रहेका विभिन्न खेलाडीहरुको प्रतिभालाई बचाई राख्न आफुले पहल गरिरहेको र नेपालीसँगै नेपालको नाम राख्ने बताए ।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार