राराबाट अाज देशबासीका नाममा प्रधानमन्त्रीद्धारा सम्बोधन

काठमाडाैँ । नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सन्देश दिदैँ छन्।

कर्णाली प्रदेश सरकारको आयोजनामा सुरु हुन लागेको पर्यटन वर्षको आज एक विशेष कार्यक्रमका बीच प्रधानमन्त्रीले ओलीले उद्घाटन गर्दै सम्बाेधन गर्न लागेका छन्।

‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को उद्घाटनका लागि शुक्रबार नै मुगुको रारा पुगेका प्रधानमन्त्री ओलीले नयाँ वर्षको दिन शनिबार बिहान ८ बजे राराबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री ईश्वर पोखरेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्वसभामुख सुवास नेम्वाङ, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, प्रदेशका सबै मन्त्री र सांसदहरु रारा पुगेका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार रारामा बसेको कर्णाली प्रदेश सरकारको बैठकमा समेत सहभागिता जनाएका थिए। प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकपश्चात् प्रदेशका मागहरुलाई मुख्यमन्त्री महेन्द्र बहादुरशाहीले प्रधानमन्त्रीसमक्ष राखेका थिए।

 

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार