Bal-Umang

Bal-Umang

कञ्चनपुरमा छैटौं जिल्लास्तरीय कराँते जारी, जेबी एकेडेमीको विजयी सुरुवात

महेन्द्रनगर । कञ्चनपुरमा बुधबारदेखि सुरु भएको छैटौं जिल्लास्तरीय कराते प्रतियोगितामा जेबी एकेडेमी स्कुल वाणीले विजयी सुरुवात गरेको छ।

जापान कराँते डो नान्वुकार्इ, सितोरियो संघ कञ्चनपुर र पुनर्वास डोजोको संयुक्त आयोजनामा संचालित प्रतियोगितामा जेबी एकेडेमीकी छात्रा लक्ष्मी महराले ५०–५५ केजी तौल समूहमा, ४०–४५ केजीमा लक्ष्मी गिरीले स्वर्ण जितेकी छिन्। त्यस्तै, छात्र जनक गिरीले ३०–३५ केजी तौल समूहमा स्वर्ण जितेर जेबीलाई दरिलो सुरूवात दिलाएका छन्।

जेबी एकेडेमीका ३ खेलाडीले सातौं राष्ट्रिय खेलकुदमा बक्सिङ खेलमा समेत प्रतिस्पर्धा गरिसकेको प्रिन्सिपल जगदीश सेटीले बताए।
उनका अनुसार जेबीले विद्यार्थीलाई निःशुल्क रूपमा बक्सिङ, कराँते र तेक्वान्दो खेलाइरहेको छ।

खेलमा सफलतापछि विद्यालयले नयाँ बर्षदेखि खेलाडीहरूलार्इ बिशेष छात्रवृत्ति दिने योजना बनाएको प्रिन्सिपल सेटीले बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार