भारतमा खस जातिको आफ्नै स्वतन्त्र पहिचान, नेपालमा ठुला पार्टीद्धारा दिग्भ्रमित गर्ने काम

काठमाडाैँ । भारतमा हालै खस जातिको अाफ्नाे छुट्टै स्वतन्त्र पहिचानलाई आशिंक रुपमा मान्यता दिएको छ।

बुधबार भारतको बंगाल सरकारले खस जातिको स्वतन्त्र पहिचान स्विकार्दै ओ वि सी को ९८ औं सूचिमा सुचिकृत गरे पछि खस जातीका अभियान्ताहरु खुसी भएका छन्।

विगतका केही वर्षदेखि भारतमा खसजातीका अभियन्ताहरुले चालेकाे शान्ति पुर्ण दवावका कारण भारतको बंगाल सरकारलेविज्ञहरुको एक समुह उक्त क्षेत्रमा पठाइ अध्यन पश्चात प्रतिवेदनको आधारमा खस जातिको छुट्टै स्वतन्त्र पहिचानलाई आशिंक रुपमा मान्यता दिएको हो । सरकारको यस्तो कदम स्वागत योग्य रहेकोे भारतका खस जनजाति महासंघका सचिवले बताएका छन्।

भारतमा खस जातिको आफ्नो छुट्टै स्वतन्त्र पहिचान मान्यता दिएपछि नेपालका खस जातीका अभियान्ताहरुले पनि खुशीब्यक्त गरेका छन।

नेपालमा खस जातीको छुट्टै पहिचानको लागि विगत एक दशकदेखि खस जातिको प्रतिनिधि मुलक सामाजिक संस्था”खस क्षेत्री एकता समाज” ले सरकारलाई दवाव दिईरहेको छ।उक्त दवावलाई राजनैतिक दल मध्ये संघीय समाजवादी फोरम नेपालले मात्र समर्थन गर्दै दवावमा साथ दिएको छ।

फोरमका उपाध्यक्ष युबराज कार्कीले खस र आर्य फरक फरक जाती भएको दावी गरेका छन्।

उनले खसलाई आर्य पहाडी बाहुनसंगै एउटै वास्केटमा राखेपछि खसको ठूलो जनसंख्याको आडमा बाहुनको असामान्य र अन्यायपूर्ण प्रभूत्वलाई केहि हदसम्म सामान्य बनाउने कोशिस गरीरहेको बताए। यस बाहेक आगामी दिनमा पनि खसको समानुपातिक सहभागिताको भाग बाहुनले खाने षडयन्त्र भइरहेको जिकीर गरे।

उपाध्यक्ष कार्कीले भने,‘खस जातिको सामाजिक स्तर आर्य पहाडी बाहुनको तुलनामा अत्यन्त न्युन छ। खस जातिका मानिसहरु २३.५ प्रतिशत गरिबीको रेखामुनी छन भने आर्य मात्र १० प्रतिशत गरिबीको रेखामुनि छन ।जनसंख्याका हिसाबले खसको साढे११लाख पुग्दछ । जबकी बाहुनको ३.३ प्रतिशत मात्र जनसंख्या गरिबीको रेखामुनी पर्दछ।’

उपाध्यक्ष कार्कीले थप्दै भने,‘बाहुनको ९० प्रतिशत भन्दा ज्यादा साक्षरताको दाँजोमा खसको ६० प्रतिशत मात्र छ, राज्यसत्ता र शंयन्त्रमा उपस्थितिका हिसाबमा बाहुनको ७०५ प्रतिशत भन्दा ज्यादा छ भने खसको ६ प्रशित भन्दा कम छ त्यो पनि सुरक्षा संयन्त्र जोड्दा। खसहरू देशको सबैभन्दा ठूलो जाति हुदाहुदै सहरबजारको सुबिधा सम्पन्न स्थानको तेस्रो ठूलो जाति पर्दछ भने समग्रमा तेस्रो ठूलो जाति हुदाहुदै बाहुन सहर बजारको पहिलो ठूलो जाति हो।’

आर्थिक सामाजिक राजनीतिक नितान्त बर्चस्वमा रहेको बाहुनको तुलना खसले समान सुसुचित हुने कल्पना गर्न नसकिने उपाध्यक्ष कार्कीको भनाई छ।

उपाध्यक्ष कार्कीले भने,‘समानुपातिक समावेसी खसकालागि कागलाई वेल पाक्नु जस्तै हुन पुग्दछ। यसैले हामीले यो व्यबस्थालाई खसका लागि सबैभन्दा ठूलो बाहुनवाद भनेका हौं।’

संयुक्त राज्यको धारणा अनुसार कुनै पनि जातिको स्वतन्त्र पहिचान कायम गर्नु त्यस जातिको आत्मनिर्णयको र मानव अधिकार हो।यस मानेमा विश्वस्तरिय स्थापित मान्यता अनुसार यस कानुनले खसहरू यी दुबै नैसर्गिक अधिकारबाट बन्चित हुन पुगेका खस जातिको प्रतिनिधि मुलक सामाजिक संस्था”खस क्षेत्री एकता समाज” को दावी छ।

उपाध्यक्ष यबराज कार्कीले भने,‘ थारु समुदायले आदिवासी जनजातिको मान्यता पाउदा पाउदै छुट्टै पहिचान पाउने आत्मनिर्णयको अधिकार अनुसार थारूले स्वतन्त्र पहिचान प्राप्त गरेका छन भने खसले त्यस्तै स्वतन्त्र पहिचान किन नपाउने?’

नेपालको खस जातिय पहिचानको आन्दोलनलाई ठूला पार्टीको इसारामा अनेक क्षेत्रीका संगठन खोलि भ्रमित गर्ने कार्यले खसलाई आर्यको अंगका रूपमा खस आर्य संबिधानमा कायम गर्दै षणयन्त्र गरिएको उपाध्यक्ष कार्कीको भनाई छ।

अहिले संघिय समाजवादी फोरम नेपालले यसै विषयमा खसको अलग स्वतन्त्र पहिचान कायम गर्न् पनि संबिधान संशोधन गर्नु पर्दछ भन्ने आवाज जोडदार रूपमा उठाई रहेको छ।

उपाध्यक्ष कार्कीले भने,‘भारतको खस आन्दोलनलाई दिग्भ्रमित गर्ने राजनीतिक शक्ति नभएकाले त्यहाको आन्दोलनमा फुट रहेन। यसैले पछि सुरूवात भएर पनि सफलताको नजिक उनिहरू पहिले पुगेका छन।’

नेपालका ठूला पार्टीमा आर्यको प्रभुत्वले गर्दा खसको स्वतन्त्र पहिचानको पक्षमा कोही नबोलेको उपाध्यक्ष कार्कीले बताए।

माओवादी, काग्रेस र एमाले तिनवटै पार्टी खस र आर्य एउटै जाति हो भन्ने भ्रम उत्पन्न गरेर आर्यको प्रभुत्व कायम गर्नेमा अघोषित सहमतिमा रहेकाे उपाध्यक्ष कार्कीकाे भनार्इ छ।

विधमान पार्टीहरूमा संघीय समाजवादी फोरम नेपाल मात्र खसको स्वतन्त्र पहिचान , आरक्षण र सुचिकरणको पक्षमा रहेको उपाध्यक्ष कार्कीले बताए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार