Bal-Umang

Bal-Umang

नापी कार्यालय प्रमुख श्यामबाबु प्रसाद साह ५० हजार घुस सहित पक्राउ

उदयपुर ,चैत २९ -५० हजार घुस सहित उदयपुरका एक कार्यालय प्रमुख  रंगेहात पक्राउ परेका छन् । जिल्लाका नापी कार्यालय प्रमुख श्यामबाबु प्रसाद साह बिहीबार विहान घुससहति पक्राउ परेका छन् । अघिल्लो दिन सेवाग्राहीबाट लिएको ५० हजार घुससहित विहान अख्तियार अनुसन्धान आयोगको टोलीले निवासबाटै साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहले आफूले घुस नलिएको बताए । उनले भने, ‘म पुजा गर्दै थिएँ, सेवाग्राही सरासर आएर सिरानीमुनी छाडेर गए ।’ तर सेवाग्राहीले भने टेलिफोन गरेर क्वाटरमा बोलाई पैसा हातले नै बुझेर राखेको दावी गरे । पैसा हातले बुझे नबुझेको बारेमा अख्तियारले पानीमा केमिकल मिसाएर टेष्ट गर्दा हातले नै बुझेको फेला पारेको छ ।

 

आफ्नै निवासमा रहेका साहलाई अख्तियारको पूर्व क्षेत्रीय कार्यालय इटहरीबाट आएको प्रहरी निरीक्षक कमाण्डको टोलीले छापा मार्दा नगदसहित उनी पक्राउ परेको हो । जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले अख्तियारको टोलीले उनको निवासमा छापा मारेको पुष्टि गरे ।

घुस कसले दिएको भन्ने खुलिसकेको छैन । सदरमुकामको मुटुमा रहेको त्रियुगा माध्यामिक विद्यालयको जग्गा अतिक्रमण गर्ने गरी नक्शा परिवर्तन गर्न केही भूमाफीयाले ३ वर्षदेखि प्रयास गरिरहेको विषयमा प्रमुख साह र जग्गाधनीबीच बार्गेनिङ चलेको स्रोतको दाबी छ । नक्शा सुधार गरेवापत ५ लाख मागेपनि अन्तिमा २ लाख लिने सहमति भएको र ५० हजार पेश्की वापत लिएको उजुरी आएपछि अख्तियारको टोलीले उनको निवासमा छापा मारेको बताइएको छ ।प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले साह पक्राउ परेको पुष्टि गर्दै सबै विवरण आफुलाई प्राप्त नभईसकेको बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार