Bal-Umang

Bal-Umang

श्रृङ्खला बनिन् मिस नेपाल २०१८

काठमाडाैं, २९ चेैत्र | श्रृङ्खला खतिवडा यस वर्षको ‘मिस नेपाल २०१८’ बनेकी छन् । अन्तिम प्रतिस्पर्धामा उनले २४ जनालाई उछिन्दै मिस नेपालको ताज भिरेकी हुन् । श्रङ्खलालाई मिस नेपाल २०१७ की विजेता निकिता चण्डकले क्राउन पहिर्याएकी थिइन् ।

उपाधिसँगै श्रृङ्लाले ‘मिस वल्र्ड’मा प्रतिस्पर्धा गर्नेछिन् । बुधबार अबेर सम्पन्न प्रतियोगितामा मनिता देवकोटा ‘मिस नेपाल यूनिभर्स’ भइन् । उनी ‘मिस यूनिभर्स’मा सहभागी हुनेछिन् । ‘मिस नेपाल अर्थ’ विजेता प्रिया सिग्देलले बनिन् । उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस अर्थ’मा सहभागी हुनेछिन् । यस वर्षको ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले हात पारेकी छन् ।

रोनाली ‘मिस इन्टरनेशनल’मा सहभागी हुनेछिन् । प्रतियोगिताको मुख्य निर्णायक गोविन्द गजुरेल थिए । प्रतियोगिता द हिडेन ट्रेजरले आयोजना गरेको हो।नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार