यसरी फुट्दैछ राजपा, महतोले महन्थ ठाकुरको धोती फुस्काइदिएपछि

काठमाडौं । मधेसकेन्द्रीत ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) एकता भएको वर्ष दिन नपुग्दै फुटको संघारमा पुगेको छ। खासगरी राजपा अहिले दुई धुव्रमा विभाजित भएको छ । पार्टीमा राजेन्द्र महतोले आफ्नो प्रभाव बढाउँदै लगेका छन् भने संस्थापन समूह (संयोजक महन्थ ठाकुर) अल्पमतमा पर्दै गएको छ। यही बेला १७ सांसद रहेको राजपामा संसदीय दलको नेता चयनको रस्साकस्सी चलेको छ। पछिल्लो तथ्यांकअनुसार राजपामा १७ मध्ये १० सांसद महतोको पक्षमा छन् भने ७ वटा ठाकुरको पक्षमा । यसरी हेर्दा राजपामा बहुमतले संसदीय दलको नेता महतो बन्ने देखिन्छ। यदि उनी दलको नेता बने भने पार्टीको अध्यक्ष मण्डलको संयोजक पनि बन्नेछन् । विश्लेषकहरुका अनुसार महतो संयोजक बनेलगत्तै पार्टी फुट्ने देखिएको छ। किनकी ठाकुरको समूहका रहेका महेन्द्रराय यादवलगायत महतोलाई संयोजक मान्न तयार छैनन् र यस्तो अवस्थामा उनीहरु बाहिरिए नयाँ पार्टी खोल्न सक्ने सम्भावना उतिकै छ । ठाकुर संयोजक भएकै कारण पार्टी एक भएर टिकिरहेको र महतोले कब्जा गर्नेवितिकै फुट्ने नेताहरु बताउँछन्। उसो त पछिल्लो समय राजपामा राजेन्द्र महतोले संयोजक ठाकुरलाई पेल्दै गइरहेका छन्। हरेक निर्णयमा हावी भएर ठाकुरको धोती नै फुस्किनेगरी उनलाई जिम्मेवारीविहिन जस्तै बनाइदिएका छन्।

को को छन् ठाकुर र महतोको पक्षमा ?

संसदीय दलको नेता छान्ने तयारीमा रहेको राजपामा प्रत्यक्ष र समानुपातिक गरेर प्रतिनिधि सभामा राजपाका १७ सांसद छन्। चुनाव भएको अवस्थामा महतो सहजै संसदीय दलको नेता चयन हुनेछन्। उनी पक्षधर १० सांसद छन्। नेता महतोको पक्षमा लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी, अनिल झा, राजकिशोर यादव, रानी मण्डल, अमृता अग्रहरि, नरमाया ढकाल र रेशमलाल चौधरी छन्। कैलाली घटनाको आरोपमा थुनामा रहेकाले रेशमले भने संघीय संसदको सपथ लिएका छैनन्। ठाकुरको पक्षमा ७ सांसद छन्। ठाकुरको पक्षमा एकबाल मियाँ, शरतसिहं भण्डारी, महेन्द्रराय यादव, चन्दा चौधरी, दुलारीदेवी खंग र निर्जला राउत छन्।

पार्टीभित्र पकड बलियो बनाएका महतो चुनाबबाट संसदीय दलको नेता चयन गर्ने पक्षमा छन्। ठाकुर पक्षधर चाहिँ सर्वसम्मत रूपमा नेता चयन गर्नुपर्ने बताउँदै आइरहेको छ।

संसदीय दल नियमावलीमा पनि महतो हावी

यसैबीच संसदीय दलको नेता चयनका लागि संसदीय दल नियमावली निर्माणको काम पनि महतो पक्षकै नेताहरूले गरिरहेका छन्। यसले पनि पार्टीभत्रि ठाकुर विस्तारै कमजोर हुँदै गएको र महतो उदाउँदै गएको देखिन्छ। महतो नेतृत्वको पुरानो सद्भावना पार्टीसँग आवद्ध भएर काम गरेरपछि उनीसँगै राजपामा आएका नेता लक्ष्मणलाल कर्णलार्इ विधान तथा नियमावली निर्माणको जिम्मा दिइएको थियो। सो निर्णयमा अध्यक्षमण्डलको संयोजकको हकमा ठाकुरले कुनै किसिमको अवरोध गर्न सकेनन्।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार