Bal-Umang

Bal-Umang

नेपाली कामदारले आफ्नो परिवारलाई कोरिया लैजान पाउने प्रस्ताव सरकारले अधि सारे

काठमाडौं, चैत २६ -श्रम तथा रोजगरमन्त्री गोकर्ण बिष्टले कोरियन राजदूत पार्क योंग सिकसंग नेपाली कामदारलाई करार अवधिमा कम्तिमा एकपटक आफ्नो परिवारलाई कोरिया लैजान पाउने व्यवस्था गर्न प्रस्ताव गरेका छन् ।

कोरियन राजदूतले सकारत्मक जवाफ दिँदै आफ्नो सरकारले पहल गर्ने बताएका छन् । कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका हुन् ।

कोरिया पुगेका कामदारले निश्चित अवधिका लागि परिवारका सदस्यलाई त्यहाँ लैजान पाएमा त्यसले मनोवैज्ञानिक रुपमा पनि निकै उत्साह थप्ने खनाल बताउँछन् ।
परिवारसँग थोरै समयमा विदेशमा विदा मनाउन पाए त्यसले अहिले कोरियमा बढ्दो रुपमा देखिकएको आत्महत्या पनि कम हुने विश्वास सरकारको छ । यसैगरी सरकारले नेपाली नर्सहरुका लागि पनि कोरियामा उचित अवसर मिलाइदिन आग्रह गरेको छ । कोरियामा अहिले विदेशबाट नर्सिङ गरेर कामका लागि पुग्नेको संख्या बढेको छ । त्यहाँ नर्सिङ गरेकाहरुको अभाव छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार