Bal-Umang

Bal-Umang

राष्ट्रपति कार्यालय रहेको ट्रम्प टावरमा आगलागी

25 चैत्र : ​अमेरिकाकाे ट्रम्प टावरमा आगलागी भएकाे छ। न्यूयोर्कमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घर र कार्यालय रहेको भवन ट्रम्प टावरको पचासौं तल्लामा आगलागी भएकाे हाे।

आगोले क्षति भएकाे विवरण अाउने बाँकी रहेकाे अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।

अमेरिकी अग्नी नियन्त्रण विभागले आगो निभाउने प्रयास गरिरहेको जनाएको छ । भवन आसपासमा गाडी चलाउन रोक लगाइएको छ । आगलागीबाट अहिलेसम्म एकजना गम्भिर घाइते भएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले भने आगो नियन्त्रणमा आइसकेको बताए । ट्वीटरमार्फत उनले आगो निभाउन संलग्न सबैलाई धन्यबाद पनि दिए।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार