Bal-Umang

Bal-Umang

विरानगरमा गोली चल्यो , एक जना घाईते

विराटनगर, चैत २५ – विरानगरको जतुवामा आइतबार बिहान पौने तीन बजे नचिनेका मानिसको समूहले चलाएको गोली लागेर हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका आचार्य श्रीनिवास घाइते भएका छन् ।

अज्ञात समूहले तीन राउण्ड गोली प्रहार गरेकोमा एउटा गोली श्रीनिवासको छातीमा लागेको छ । आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो ।उनको अवस्था बारे विस्तृत विवरण आएको छैन । जतुवामा आइतबारदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला आचार्य श्रीनिवासमाथि गोली प्रहार भएको हो ।

बिहान सौच गर्न निश्किएका बेला गोली प्रहार भएको प्रहरीले जनाएको छ । उनको अहिले विराटनगर स्थित न्युरो अस्पतलामा उपचार भइरहेको छ । केही दिन अघि रामनवमीको अवसरमा आचार्य श्रीनिवासलाई भेट्न पूर्वराजा विराटनगरमा रहेको राम मन्दिर गएका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार