गायक राजेशपायल चढेको गाडी गुल्मीमा दुर्घटना

काठमाडाैँ ।  गायक राजेशपायल राई सहितका कलाकारहरु गुल्मी महोत्सवमा जानको लागि चढेको गाडी दुवी चौरमा दुर्घटनमा परेकाे छ।

गायक राजेशपायल चढेको ब.१.च. ४४४२ नम्बरको गाडी बुटवलबाट गुल्मी आउँदै गरेको र विपरीत दिशाबाट आएको लु १ ज ३१३३ नम्बरको गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

दुर्घटनमा परी ३ वर्षीय बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। अन्य यात्रुहरु सकुसल रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  गायक राजेशपायललार्इ  समान्य चोटपटक लागेको छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार