Bal-Umang

Bal-Umang

युएईमा गायक राजेशपायल राई सम्मानित


कठमाडौं , चैत २०- खोटाङ सेवा समाज युएईले राई इज किंग गायक राजेशपायल राईलाई सम्मान गरेको छ ।
युएईमा रहेको अल कुज्कको डल्सको हलमा समाजले एक कार्यक्रमको आयोजना गरी गायक राईलाई सम्मना गरेको हो । त्यसैगरी समाजले गायक राईलाई सम्मानपत्र सहित दोसला ओढाई सम्मान गरेको समाजका उपाध्यक्ष राजुके राईले जानकारी दिए ।गायक राई सांगितीक कार्यक्रमको लागि युएई गएका थिए ।
बरिष्ठ संगितकार जयानन्द लामालाई पनि समाजले सम्मान गरेको थियो । संगितकार लामालाई समाजको संस्थापक कटक राईले सम्मान प्रदान गरेका थिए । सोहि दिन समाजका अध्याक्ष हिमाल गुरुङको अध्याक्षतामा समाजको नियमित बैठक दुबई स्थित याक एण्ड यतिमा बसेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार