महिला घेदुङद्धारा विन्दु सम्मानित

धरान, चैत १९ -मिसेज एशिया प्यासिफिक व्युटी पिजेन्ट–२०१८ की मिसेज वेलनेसको उपाधी विजेता धरानकी विन्दु लामा सम्मानित भएकी छिन् । मिसेज हिमालयन नेपाल–२०१८ को फस्ट रनरअप समेत भएकी लामालाई नेपाल तामाङ महिला घेदुङ सुनसरीले एक कार्यक्रमका वीच सम्मान गरेको हो । मार्च २० देखि २४ सम्म सिंगापुर र मलेशियामा सम्पन्न भएको प्रथम मिसेज एशिया प्यासिफिक व्युटी पिजेन्ट–२०१८ मा उपाधी जितेर नेपाल राष्ट्र र तामाङ जातिलाई विश्वमा चिनाउन पाउंदा आफुलाई गर्व महशुस भएको लामाले बताइन । नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार एवम् प्रमुख अतिथि सुजेन्द्र गोले, केन्द्रीय सदस्य मैतबहादुर गोले, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, नेपाल तामाङ महिला घेदुङ धरानका अध्यक्ष नन्दु पाख्रिन, सचिव मधु गोले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार