Bal-Umang

Bal-Umang

राष्ट्रपति पदमा विद्यादेवी भण्डारी अत्यधिक मत प्राप्त गरी विजयी

काठमाडौं, फागुन २९ – राष्ट्रपति पदमा विद्यादेवी भण्डारीले अत्यधिक मत प्राप्त गरी विजयी भएकी छिन् ।उनले नेपाली कांग्रेसलगायतका दलको समर्थनमा उम्मेदवार बनेकी कुमारीलक्ष्मी राईलाई अत्यधिक मतान्तरले पछि पार्दै विजयी भएकी हुन ।
नेकपा एमाले र माओवादीलगायत दलको समर्थनमा उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि फेरि मंगलबबार राष्ट्रपतिमा निर्वाचित भएकी हुन ।उनले ३९ हजार २७५ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत दीलप्रसाद श्रेष्ठले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरिन।
उक्त निर्वाचनमा संघीय संसद्तर्फ तीन र प्रदेशसभा सदस्यतर्फ पाँच मत बदर भएको थियो ।संघीय संसद्का ३३१ मतदातामध्ये ३२६ र प्रदेशसभाका ५४९ मध्ये ५३६ जनाले मतदान गर्नुभएको थियो ।कूल मतदातामध्ये संघीय संसद्का पाँच र प्रदेशसभाका १३ गरी १८ जना मतदाता अनुपस्थित थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार