Bal-Umang

Bal-Umang

आफ्नो पहिचान बचाउन यायोक्खा र चुम्लुङ एक ठाउमा उभिए

काठमाडौं , फागुन २७— राज्यले प्रदेशको नामाकरणमा षड्यन्त्र गर्न लागेको आरोप लगाउदै किरात राई यायोख्खा र किरात याक्थुङ चुम्लुङ आफ्नो पहिचान बचाउन एक ठाउमा उभिएका छन ।
यी दुई संस्थाका केन्द्रीय समितिले आज धरानमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै राज्यले प्रदेशको नामाकरणमा षड्यन्त्र गर्न लागेको आरोप लगाउदै आफूहरु जुट्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन ।
प्रदेश ंं १ को नामकरणमा विगतमा आफ्नो पहिचानका लागि छुट्टाछुट्टै दईवटा संस्था आन्दोलनमा उत्रिएका थिए । उनीहरुले प्रदेश ंं १ को नामकरणमा पहिचानविरुद्ध षड्यन्त्र हुन नदिन साझा अवधारणा सार्वजनिक गर्न ८ सदस्यीय कार्यदल गठन गरेका छन ।

तीन दिन अगाडि गठन गरिएको कार्यदलमा किरात राई यायोख्खा र किरात याक्थुङबाट ४÷४ जना सदस्य गठन गरी प्रदेश नं। १ को नामाकरणका लागि भविष्यमा साझा अवधारणा सार्वजनिक गर्ने जनाइएको छ ।

यी दुई संस्थाका केन्द्रीय समितिले आज धरानमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै राज्यले प्रदेशको नामाकरणमा षड्यन्त्र गर्न लागेको आरोप लगाउदै आफूहरु जुट्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन् ।

प्रदेश र्नंं ७ को नामाकरणलाई इगित गर्दै किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेनले पहिचानवादीहरुलाई नामेट गर्ने षड्यत्र भइरहेको आरोप लगाए । कार्यदल गठन गरेर चाडै नै यस प्रदेशको नामाकरणका विषयमा साझा अवधारणा प्रस्तुत गर्ने समेत उनले जानकारी दिए । पहिचानका आधारमा प्रदेश नं। १ को नामाकरण नगरिए कडा आन्दोलन गर्नै चेतावनी समेत दिए ।

किरात राई यायोख्खाले किरात प्रदेश हुनुपर्ने माग गर्दै आएका थिए । कार्यदल गठनसंगै यी दुई संस्था प्रदेश नामाकरणका विषयमा साझा अवधारणा सार्वजनिक गर्न निरन्तर छलफलमा जुट्नेमात्र हैन पहिचानविरोधी नामाकरण भएमा आन्दोलन सम्म गर्ने निष्कर्षमा पुगेका छन् । किरात याक्थुङ चुम्लुङले विगतमा अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान घोषणा गर्नुपर्ने माग गर्दै आएको थियोे। यद्यपि यी दुई संस्थाले प्रदेश नं। १ को नाम यही नै हुनुपर्छ भनेर आधिकारक नाम भने घोषणा गर्न सकेका छैन । प्रदेशसभाको दुई तिहाइ वहुमतले प्रदेशको नामाकरण गर्ने संवैधानिक व्यवस्था छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार