Bal-Umang

Bal-Umang

विप्लवको पार्टीले मकवानपुरका जनप्रतिनिधिको राजीनामा मागे


हेटौंडा,फागुन २७— नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मकवानपुरका जनप्रतिनिधिको राजीनामा माग्न थालेको छ ।

पार्टीको छुट्टै सत्ता सञ्चालन गर्ने घोषणासँगै जनपरिषद् गठन गरेको माओवादीले मकवानपुरका दुई जना जनप्रतिनिधिको राजीनामा मागेको हो । राजीनामा नदिए जनकारबाही गर्ने धम्की माओवादीले दिएको छ ।

माओवादीले हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको राजीनामा मागेको छ ।

राजीनामा माग्दै दुवै जनालाई माओवादीले पत्र बुझाएको छ । हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि भ्रष्टाचार, कमिसनखोर र दलालहरूको संरक्षण गरेको आरोप पत्रमा लगाइएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार