Bal-Umang

Bal-Umang

चोरी गरेर अमेरिका र्पुयाइएका मुर्ति नेपाल ल्याईने

काठमाडौँ फागुन २३ —सन् ८० को दशकमा नेपालबाट चोरी भएर अमेरिका र्पुयाइएको उमामहेश्वर (शिव पार्वती) र गौतम बुद्धको मूर्ति नेपाल ल्याईने भएको छ ।
उक्त मूर्तिहरु नेपाल ल्याउनको लागि कला संग्रहालयमा मंगलबार आयोजित विशेष समारोहमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने समझदारी भएको हो । चोरी भएको मुर्ति हाल अमेरिकाको न्यूयोर्क्स्थित महानगरपालिकाको कला संग्रहालयमा रहेको छ । मुर्ति ल्याउनको लागि न्यूयोर्क्स्थित महावाणिज्यदूत मधुकुमार मरासिनी र संग्रहालयका अध्यक्ष डेनियल एच वीससले समझदारी पत्रमा हस्ताक्ष्।र गरेसँगै ती मूर्ति नेपाल ल्याउन लागेका हुन् । ती मूर्तिहरु भन्सार र कार्गो प्रक्रिया र्पुयाएमात्र नेपाल ल्याउने भएका छन ।
मुर्ति अप्रिल महिनासम्ममा नेपाल ल्याउने छन । संग्रहालयमा उमामहेश्वरको मूर्ति सन् १९८३ मा र बुद्धको मूर्ति सन् २०१५ मा दाताले प्रदान गरेको अभिलेखबाट देखिएको थियो । दुवै मूर्तिहरु नेपालबाट चोरी भएर अमेरिका र्पुयाइएको जानकारी प्राप्त भएपछि संग्रहालयले आफ्नो प्रदर्शनी कक्षबाट हटाएको थियो ।उक्त मूर्तिहरु मध्ये तेह्रौं शताब्दीमा टंगालहिटी पाटनमा रहेको शिवपार्वती (उमामहेश्वर) को मूर्ति बनेको विश्वास छ । काठमाडौंको याट्खाटोलमा रहेको बुद्धको पूर्णकदको मूर्ति भने बाह्रौं शताब्दीको भएको अभिलेखमा बताइएको छ । मूर्तिहरु बारे वरिष्ठ कलाविद स्व. लैनसिंह बाङ्देलले सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन ईमेजेज अफ नेपालमा उक्त उल्लेख छ । समझदारी पत्र हस्ताक्षर समारोहमा संग्रहालयका अध्यक्ष वीससले अवैध तरिकाले आएका मूर्ति नराख्ने संग्रहालयको प्रतिबद्धता रहेको जनाएका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार