Bal-Umang

Bal-Umang

युवती अपहरण कार्यमा संलग्न रहेका ५ जना पक्राउ

सुनसरी ,फागुन २३— सुनसरीमा युवती अपहरण कार्यमा संलग्न रहेको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु सुनसरी हरिनगर गाउँपालिका २ बस्ने २५ बर्षीया नजिम साफी ,सोही स्थानका २९ बर्षीया शमसाद अन्सारी, ४५ बषर््ीया अकबर साफी, २९ बर्षीया आलम साफी र इटहरी उपमहानगरपालिका ९ बस्ने विशाल राई रहेका छन । उनिहरुले सुनसरीको हरिनगर गाउँपालिकाका १ बाट १८ बर्षिया युवतीलाइ जबरजस्ती मोटरसाइकलमा हालेर लगेर वेपता पारेका छन ।
प्रहरीले पा“च जनालाई पक्राउ गरेता पनि अपरहण गरीएको युवती भने भेटिएको छैन । युवतीलाई जबरजस्ती मोटरसाइकलमा हालेर जाकिर साफी र हजरत साफीले वेपत्ता पारेको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थिए । पक्राउ परेकाहरुलाई अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिए ।
घटनाबारे जानकारी पश्चात केटी पक्षले वेपत्ता पार्ने समूहका आफन्तलाई फिर्ताकालागि आग्रह गरेका थिए । तर युवती वेपत्ता पार्ने कार्यमा संलग्न भनिएका हजरतका दाजु आलम साफीले उल्टै फिरौतीका लागि नगद ५ लाख दाबी गरेपछि सो घटना बाहिरिएको हो । । पक्राउ परेकाहरुलाई अपहरण तथा शरिर बन्धक मुद्धा दर्ता गरि म्याद थप गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार