राजेन्द्र खड्गीलाई जेल चलान

काठमाडौं, फागुन २१— जिल्ला अदालत काठमाडौंले कलाका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गर्न आदेश दिएको छ । विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया र्पुयाएको आरोप द्वन्द्व निर्देशक खड्गीलाई प्रहरीले पक्राउ गरेका थिए ।
जिल््ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले खड्गीलाई जेल चलान गर्न आदेश दिएको सीआईबीका प्रमुख पुष्कर कार्कीले बताएका हु्न् । यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गीले १२ जनाको टोली लिएर कोरिया गएका उनले स्विकार गरेका छन । तर फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएपछि त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआईबीलाई जानकारी गराएपछि अनुसन्धान थालिएको थियो । खड्गीले उनीहरूलाई कोरिया लगेको स्वीकार छ । उनले भने ‘सबैले लगिरहेका थिए । त्यसैगरी मैले पनि लगेको हुँ । तर, यो अपराध भन्ने कुरा आफुलाई थाहा नभएको उनले बताएका छन ् । खड्कीलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार