Bal-Umang

Bal-Umang

बार्सिलोनाको उपाधि यात्रामा धक्का

काठमाडौं, फागुन १८— स्पनिस ला लिगा फुटबलमा रेलिगेशन जोनमा रहेको लस पाल्मसले बार्सिलोनालाई बिहीबार राति भएको खेलमा १—१ को बराबरीमा रोकिएको छ ।
आइतबार दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग खेल्नुअघि अंक बाँड्नु बार्सिलोनालाई धक्का हो ।

लस पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत् जोनाथन कलरीले बराबरी गोल गरे ।

बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्डर्भेले यसलाई ‘अदृश्य पेनाल्टी’ भनेका छन् ।बार्सिलोना २६ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ६१ अंक छ । समान खेल खेलेको रियल मड्रिड ५१ अंकसहित तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार