Bal-Umang

Bal-Umang

नायिका निशा अधिकारीले सामाजिक सञ्जालमा‘बेबी बम्प’ प्रदर्शन गरिन्


काठमाण्डौ , फागुन १८- नायिका निशा अधिकारीले सामाजिक सञ्जालमै आफ्नो ‘बेबी बम्प’ प्रदर्शन गरेकी छिन ।

इन्स्टाग्राममा राखेको तस्वीरमा नायिकाले टिशर्ट माथि उठाएर आफ्नो गर्भवती अवस्था देखाएकी हुन । उनले क्याप्सनमा लेखेकी छिन्, ‘सेलिब्रेटिङ एभ्री बिट अफ इट’ ।

फोटोमा आठ हजारभन्दा बढि लाइक आएको छ । निशाको क्रिकेटर शरद भेषावकरसँग लामो प्रेमपछि बिवाह भएको थियो । गर्भवती भएयता निशा सार्वजनिक कार्यक्रममा खासै देखिएकी छैन।गर्भवती सेलिब्रिटीहरुले बेबी बम्प देखाउने चलन हलिउडमा भए पनि नेपालमा त्यति देखिएको थिएन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार