प्रदेश २ : मुख्यमन्त्रीको ११ प्रतिबद्धता, २४ घन्टामा काम नगरे कर्मचारीले कारण दिनुपर्ने

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ११ बुदेँ प्रतिबद्धता सार्वजनिक गरेका छन् । जनकपुरधाममा पत्रकार सम्मेलन गरेर राउतले भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता जनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले प्रदेश २ का सरकारी कर्मचारीले सेवाग्राहीको काम २४ घण्टामा गरिसक्नुपर्ने समयसिमा समेत तय गरेका छन् । सेवा दिन नसके कर्मचारीले न्यायोचित कारण सेवाग्राहीलाई दिनुपर्ने उनको प्रतिबद्धतामा उल्लेख छ ।

एघार बुदेँ प्रतिबद्धता विद्युतिय माध्यमबाट पनि गुनासाहरु मुख्यमन्त्री कार्यालयमा टिपाउन सकिने व्यवस्था गरिने उल्लेख छ । त्यस्तै जनतासँग मुख्यमन्त्री कार्यक्रम छिट्टै सञ्चालन गर्ने घोषणा गरेका छन् ।

उनले जनताका गुनासा सुन्न टोल, गाउँ र नगरमा पुग्ने घोषणा समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार