नायिका श्रीदेवी कपुरको यस्तो छ निधनको रहस्य


काठमाडौं, फागुन १३ – दुबईमा आयोजना भएको एक विवाह समारोहमा सहभागी भइरहेका बेला बलिउड सुपरस्टार नायिका ५४ वर्षीया श्रीदेवी कपुरको निधन भएको छ ।
उनको हृदयाघातका कारण निधन भएको हो । श्रीमान बोनी कपूर र छोरी खुशीका साथ विवाह समारोहमा सहभागी भइरहेको बेला उनलाई हृदयाघात भएको हो । उनले तमिल, तेलेगु, मलायाम, कनादा र हिन्दी चलचित्रमा अभिनय गरेकी थिइन ।

उनी बलिउडकी चर्चित नायिक थिइन । सन १९७८ मा चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनले ३ सय वटा चलचित्रमा काम गरिसकेकी थिइन ।सन १९९७ मा चलचित्र ‘जुधाई’मा अभिनय गरेपछि उनी चलचित्र क्षेत्रबाट करिब १५ वर्ष बाहिरै बसेकी थिइन ।

सन २०१२ मा ‘इङ्लिस विङ्लिस’ बाट पुनः चलचित्र क्षेत्रमा पुनरागमन गरेकी श्रीदेवीलाई भारतीय सरकारले सन २०१३ मा पद्माश्री अवार्डबाट विभूषित गरेको थियो । सन २०१७ मा श्रीदेवीको चलचित्र ‘माम’ रिलिज भएको थियो । श्रीदेवीको यो ३०० औं चलचित्र हो । फिल्म इन्डस्ट्री भित्रका र त्यस बाहिरका धेरै व्यक्तिहरुले श्रीदेवीको निधनमा शोक व्यक्त गरेका छन ।

श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले आफ्नो पहिलो करियरको शुरुआत केबल चार वर्षको उमेरदेखि नै गरेकी थिइन । उनी चार वर्षको छँदै तमिल फिल्म ‘कन्धन करुणई’मा अभिनय गरेकी थिइन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार