प्रदेश दुईमा कांग्रेस एक्लियो, फोरम नेपाललाई एमाले र माओवादीको समर्थन

जनकपुरधाम । संघीय समाजवादी फोरम नेपाललाई भारी बहुमत प्राप्त भएको छ । फोरम नेपाल नेतृत्वको सरकार रहेको प्रदेश नं. २ मा मुख्यमन्त्रीले विश्वासको मत हासिल गर्ने क्रममा अन्य दलको समर्थनले बहुमत प्राप्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को २ बमोजिम संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले फोरम संसदीय दलका नेता लालबाबु राउतको नेतृत्वमा गठन गरेको संयुक्त सरकारले बहुमत सिद्ध गरेका छन ।

प्रदेश नं. २ को कुल एक सात प्रदेशसभा सदस्य मध्ये सरकारको पक्षमा ८२ मत परेका छन भने विपक्षमा १८ मत परेको छ । सभामुख तटस्थ बस्नु भएको थियो भने ६ जना सदस्य अनुपस्थित रहेका थिए ।

फोरम नेपाल र राजपा नेतृत्वको सरकारलाई एमाले, माओवादी केन्द्र, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्र प्रदेश सभा सदस्य शेष मोहम्मद अब्दुलले समर्थन जनाएका छन । सरकारको विपक्षमा कांग्रेसले मात्र मतदान गरेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार