संविधान संशोधनका लागि कार्यदल बनाउन एमालेलाई फोरम नेपालको प्रस्ताव

file photo

काठमाडौं । संविधान संशोधनको सुनिश्चिता भए मात्रै सरकारमा जान सकिने अडानमा बसेको संघीय समाजवादी फोरम नेपालले संशोधनका लागि कार्यदल बनाउन एमालेलाई प्रस्ताव राखेको छ ।

संविधान संशोधनमार्फत् मधेशी, आदिवासी जनजाति, दलित लगायत उत्पीडित समुदायको माग सम्बोधन हुने सुनिश्चिता नभएसम्म सरकारमा नजाने प्रस्ट पारिसकेको छ ।

एमालेले केन्द्र सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चितता खोजेको हो ।

दुई दलका नेताहरुबीच बुधबार भएको वार्तामा पनि फोरम नेताहरुले संविधान संशोधनमा जोड दिएका छन् । ‘एमालेले ‘आवश्यकता र औचित्यता’ का आधारमा संशोधन गर्न सकिने बताउँदै आएको थियो’ नेता रामसहाय यादवले भने, ‘अहिले अभ्यासका क्रममा हामीले भने जस्तै संविधान त्रुटिपूर्ण रहेको पुष्टि भएको छ ।’

फोरमले संविधान संशोधनको विकल्प नभएको भन्दै कार्यदल बनाएर गृहकार्य गर्ने प्रस्ताव एमाले सामू राखेको छ ।

फोरमले संविधान संशोधनको विकल्प नभएको भन्दै कार्यदल बनाएर गृहकार्य गर्ने प्रस्ताव एमालेसामू राखेको छ । दुई दलका शीर्ष नेताहरुबीच छलफल भएपछि कार्यदल बनाउन एमाले सकारात्मक देखिएको छ ।

नेता यादवका अनुसार दुई दलका शीर्ष नेताहरुबीच छलफल भएपछि कार्यदल बनाउन एमाले सकारात्मक देखिएको छ ।

एमाले नेता सुवास नेम्वाङले पनि सकारात्मक कुराकानी भएको बताए । ‘उहाँहरुले संविधान संशोधनको कुरा गर्नु भएको छ’ उनले भने, ‘हामीले पनि भन्यौं कि संशोधनबारे छलफल गर्दै सकारात्मक ढंगले अघि बढ्न सकिन्छ ।’

स्रोतका अनुसार फोरमले प्रदेश संरचना हेरफेर गर्दै १० प्रदेशमा जानु पर्ने माग गरेको छ । तर, एमाले यसमा सहमत छैन ।

त्यसको संकेत गर्दै एमाले नेता नेम्वाङले भने, ‘प्रदेश त सात वटा बनिसक्यो, यसलाई त केही गर्न सकिँदैन । त, कतिपय कुराहरु गर्न सकिनेछन् । केही गर्न सकिन्छ, छलफल गर्दै अघि बढौं भनेका छौं ।’

फोरम नेताहरुले भने संविधान संशोधनको सुनिश्चितता नभएसम्म सरकारमा सहभागी हुन नसक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार