गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारद्धारा अस्विकार


काठमाडौं फागुन ९ – प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारले अस्वीकार गरेका छन
रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी मनोजकी श्रीमतीले शव बुझ्न अस्वीकार गरेकी छिन । । पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन सकेको छैन । बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरी इन्काउन्टरमा पुन र सोम आले मारिएका थिए ।पुनसँगै इन्काउन्टरमा मारिएका आलेको परिवार भने भैरहवामा बस्दै आएका छन्। ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार