प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि छुट्टै इमरजेन्सी सेवा सञ्चालनमा ल्याउने

काठमाडौं फागुन ९- धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धि छुट्टै इमरजेन्सी सेवा सञ्चालनमा आउने भएको छ ।
कक्ष स्थापना गरी सेवा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्रा.डा. पशुपति चौधरीले बताए । प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारवाट माघ १० गते समुद्घाटन गरी सञ्चालनमा आउन लागेको उक्त अर्थाेपेडिक इमरजेन्सी सेवाको क्षमता हाल १५ शैयाको रहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए । हाडजोर्नीको छुट्टै इमरजेन्सी सेवा विस्तार भएपछि विरामीहले सहज उपचार पाउने र चिकित्सकलाई पनि उपचारमा सहजता आउने भएको छ । प्रतिष्ठानको जिओपिडि ब्लक डिएफ अर्थाेपेडिक इमरजेन्सी कक्षको छुट्टै स्थापना गरिएको प्रतिष्ठानका सुचना अधिकारी सुजेन्द्र तामाङले सन्डेखबरलाई बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार