Bal-Umang

Bal-Umang

बेलबारीमा सञ्जयको घरमा आगोलागी हुँदा तिस लाखको क्षति

बेलबारी, फागुन ९- मोरङको बेलबारी ३ मा रहेको सञ्जय सुवेदीको घरमा आगलागी हुँदा बुधबार बिहान लाखौको क्षति भएको छ ।

ग्वालीमा खोले पकाउने क्रममा बिहान आगलागीमा हुदा ३० लाख बढीको क्षति भएको इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिएका छन । उनका अनुसार गाईलाई खोले पकाउने क्रममा आगलागी भएको हो ।

आगलागीपछि सुन्दरहरैचा, इटहरी र बिराटनगरबाट आएका दमकल र स्थानीय बासी सहित प्रहरीको सहयोगमा करिब २ घण्टामा आगो नियन्त्रणमा लिईएको थियो । खोले पकाउने क्रममा भुस र दाउराबाट सल्किएर आगलागी भएको र आगलागीबाट चौपायालाई सामान्य क्षति भएको र गुवालीमा रहेका काठपात सहित अन्य सामाग्रीहरु जलेर नष्ट भएका छन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार