Bal-Umang

Bal-Umang

मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाविरुद्ध रिट दायर, झा भन्छन्– न्यायमाथि मलाई विश्वास छ

काठमाडौं ८, फागुन । नवनियुक्त मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रदेश २ को मुख्य न्यायाधीवक्तामा अधिवक्ता झाको नियुक्तिप्रति प्रश्न उठाउँदै मंगलबार सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता मधुर पाठक र डिल्लीप्रसाद न्यौैपानेले मुख्यमन्त्रीको कार्यालय, मुख्यमन्त्रीको सचिवालय र प्रदेश प्रमुखको कार्यालय र झालाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेका हुन् ।

मुख्य न्यायधीवक्ताका लागि संविधानमा उल्लेखित प्रावधान अनुसारको योग्यता नपुग्ने हुनाले झाको नियुक्ति बदर गर्न रिट निवेदकहरुले माग गरेका छन् । रिटमाथि भोलि बुधबार सुनुवाइ हुने भएको छ ।
प्रदेश २ को प्रथम मुख्य न्यायाधीवक्तामा संघीय समाजवादी फोरम नेपालको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले अधिवक्ता झालाई शनिबार नियुक्त गरेका थिए ।

संविधानको धारा १६० को उपधारा ३ मा मुख्य न्यायाधीवक्ताका लागि उच्च अदालतका न्यायाधीश सरहका ब्यक्तिलाई नियुक्त गर्नुपर्ने प्रावधान छ ।

उच्च अदालतको न्यायाधीश बन्न १० वर्ष निरन्तर अधिवक्ताको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ ।

अधिवक्ता झा कम्तीमा दश वर्ष कानूनको क्षेत्रमा अध्यापन, अन्वेषण गरेको योग्यताका आधारमा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।
तर, नवनियुक्त मुख्य न्यायाधिवक्ता झाले अदालतको न्यायप्रति आफूलाई पूर्ण विश्वास रहेको प्रतिक्रिया दिएका छन् । आफूले सम्पूर्ण प्रक्रिया र योग्यता पुरयाएर नियुक्ति लिएको दाबी गर्दै झाले आफू विरुद्धको रिट निवेदनले कुनै फरक नपर्ने विश्वास जाहेर गरेका हुन् ।

यस्तो छ मुख्य न्यायाधिवक्ता झाको वकालती योग्यता,
प्रदेश नं. २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानून संकायमा स्नातक गरेका छन् । अर्थात उनले कानुनमा स्नातक गरेको पनि १२ वर्ष पूरा भएको छ ।

उनी सन् २००७ जुन १० देखि २०१७ जुन १० सम्म एशियन लिगल रिसोर्स सेन्टरमा आवद्ध भई अध्ययन अनुसन्धानमा काम गरेका छन् । पछिल्लो दश वर्षमा झाले करिब १५ वटा अनुसन्धान मूलक पुस्तकहरु समेत प्रकाशन गरेका छन् ।

जसमध्ये तराईमा गैर न्यायिक हत्या, न्यायको खोजी, संविधानमा असहमति र फेडरल नेपाल चर्चित पुस्तक हुन् ।

झाले १२ वर्षअघि नै कानून संकायमा स्नातक गरेको र करिब ११ वर्षदेखि अध्ययन अनुसन्धानमा काम गरिरहेको प्रष्ट हुन्छ ।
उनले सन् २००५ मा नै राष्ट्रिय मानव अधिकार आयोगमा समेत काम गरेका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार