Bal-Umang

Bal-Umang

महाशिवरात्रीमा आ–आपनै दाऊ

काठमाडांै । महाशिवरात्रीको पावन अवसरमा पशुपतिको यो पावन भूभीमा बिशाल मानव सागर ओर्लियको छ । हिन्दुहरुको आस्थाका धरोहर यस मन्दिर परिसरमा भक्तजनहरुले दर्शन लाभ लिइरहेका छन् । आज देशैभरि रहेका शिव मन्दिरहरुमा दर्शन,पुजा र मेलाहरु लागिरहेको छ ।

यस्तो अवसर होस या चार्डपर्व होस मानिसहरु आपनो सामाजिक रुपमा भडकिलो व्यवहार देखाएर समाजमा आपनो हैसियत देखाउन थाल्लेका छन् । यो नेपाली समाजको पछिल्लो तितो यर्थात हो । यस्ता अनगिन्ती घटनाहरु देख्न यस मेलामापनि पाइयो । तर अलिक फरक युवा गतिविधिलाई पनि देख्न पाइयो ।

युवाहरु दर्शन भन्दा पनि आपना साथी संगीनीहरुसंग रमाएका पाइए । काही मोवाइलबाट लाइभ गर्दै थिए । कोही मोवाइलमा सेल्फि खिचाउन व्यस्त थिए । कोही उताउलो पहिरनका कारण सबैका आँखो भएका थिए । कोही आपनो ठाँउको स्थानीय भाकामा दोहरी गाएर शिवरात्री बनाउदै थिए । यो मेला अब ७ दिन सम्म लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार