Bal-Umang

Bal-Umang

पथरीशनिश्चरेमा चन्द्रबहादुर लिम्बूले श्रीमतीको हत्या गरे

मोरङ माघ २८- मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेका छन् ।

घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । उनले श्रीमतीको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार