Bal-Umang

Bal-Umang

२०औं बुढासुब्बा गोल्डकपको उपाधि थ्रीस्टार क्लवले हात पारे

सुनसरी माघ २८-थ्रीस्टार क्लवले नेपाल पुलिसलाई हराएर २०औं बुढासुब्बा गोल्डकपको उपाधि हात पारेको छ ।
उपाधि सथै थ्री स्टारले नगद ६ लाख ट्रफी मेडल तथा प्रमाण पत्र पाएको छ । जित सगै थ्री स्टारले बुढासुब्बामा सार्वाधिक सुचिमा पुलिस सग बारबरी गरेको छ । दुवै ले ५ –५ पटक उपाधी चुम्न सफल भए । गोल्डकपको सवौउत्कृष्ट खेलाडी घोषित हुदै थ्रिस्टारका निरजान खड्का याहाहाको मोटरसाइल सगै खेल अविध भर ३ गोल गरेका उनले हाइस्कोरको उपाधी तथा नगद २५ हजार पाए । उत्कृट डिफेन्स हुदै थ्रिस्टारका लोवेल ओलाओले ले नगद २५ पाउदा धरान फुटवल क्लवका रोमन लिम्बुले राइजिङ प्लेयर घोषित भए । उनले पनि नगद २५ हजार पाए । पुलिसका रेजिन सुब्वा उत्कृष्ट स्टाइकर भए भने पुलिसका सुमन लामा उत्कृष्ट मिड फिल्डर भए । उनिहरुले नगद २५ हजार पाए । उत्कृष्ट कोच घोषत हुदै थ्रिस्टारका कोच मेघराज केशीले नगद २५ हजार पाए भने उत्कृष्ट गोल रक्षक एलन न्योपानै घोषीत हुदै नगद २५ हजार पाए ।

खेल सुरु भएको २७औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । थ्रीस्टारका कप्तान बिक्रम लामा डरलाग्दो ट्याकलमा परेर गम्भीर घाइते भएपछि आक्रोशित टिममेट र पुलिसका खेलाडीबीचको तनावका कारण रेफ्रीले केवन व्यञ्जनकारले पुलिसका हेम तामाङ र थ्रीस्टारका पिटर सेगुनलाई रेड कार्ड देखाएका थिए । मुख्य खेलाडीले रातोकार्ड पाउनु तथा चोटग्रस्त हुनुका बाबजुद थ्रीस्टारले उत्कृष्ट प्रदर्शनलाई जारी राख्दा पहिलो हाफको इन्ज्यूरी समयमा गोल गर्न सफल भयो ।थ्रीस्टारका बिदेशी खेलाडी म्यान अफ दि म्याच हुदै अफलि म्याच अजेयी मार्टिनले नगद १० हजार पाए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार