पार्टी एकता संयोजन समितिको बैठक स्थगित


काठमाडौं माघ २६ नेकपा एमालेका शीर्ष नेताहरु राजधानी बाहिर रहेकाले पार्टी एकता संयोजन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।
एमाले र माओवादी केन्द्रबीचका बैठक स्थगित भएको प्रचण्डका प्रमुख स्वकीय जोखबहादुर महराले जानकारी दिए ।बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो वान टु वान गोप्य वार्ता भएको थियो । त्यसपछि शुक्रबारका लागि एकता संयोजन समितिको बैठक बोलाइएको थियो ।

महराका अनुसार प्रचण्ड आइतबार मात्रै चितवनबाट राजधानी फर्किने कार्यक्रम छ । उनले भने, ‘अध्यक्ष काठमााडौं फर्किएपछि मात्रै आइतबारपछि दुई नेताहरुबीच छलफल गरेर बैठक कहिले बस्ने तय हुन्छ ।’पार्टी एकताबार अन्योल बढी रहेको समयमा लामो समयपछि बिहीबार ओली र प्रचण्डबीच भएको गोप्य बार्तापछि बोलाइएको संयोजन समितिको बैठकबाट एकता प्रक्रियाले गति लिने धेरैको विश्वास रहेको थियो ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार