निर्वाचन आयोगद्धारा समानुपातिक मत परिणाम सार्वजनिक

काठमाण्डौं, माघ २६- निर्वाचन आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक मत परिणाम सार्वजनिक गरेको छ ।

आयोगको निर्णय अनुसार, ४९ राजनीतिक दलमध्ये पाँच राजनीतिक दलले मात्रै सिट प्राप्त गर्न सफल भएका छन । तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने ५ वटा दलहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ४१, नेपाली कांग्रेस ४०, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०र समाजवादी जनता पार्टी र जनजागरण पार्टी, नेपाल १७, राष्ट्रिय जनता पार्टी नेपाल ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका छन् । नेपालको संविधानको धारा ८४ को उपधारा ९८० मा संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट संख्यालाई आजै सम्बन्धित राजनीतिक दलहरूलाई पत्राचार गरेर आयोगले पठाएको जनाएको छ ।

राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० र समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले कम्तीमा १६ जना, राष्ट्रिय जनता पार्टी नेपालले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले बताएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार