Bal-Umang

Bal-Umang

सलमानको ‘दबंग द टुर’ मा नाच्न नेपाली नायिकाहरु प्रियंका, स्वस्तिमा र एलिशाद्धारा अस्विकार

काठमाडौं, माघ २६ – सलमान खानको ‘दबंग द टुर’ मा नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईले अस्विकार गरेका छन ।
मार्च १० तारिख, टुंडिखेलमा कार्यक्रम हुने भएको छ । उनीहरुले आफुलाई सम्मान नभएको भन्दै सलमानको शोमा नाच्न अस्विकार गरेका हुन् । नायिका स्वस्तिमा खड्काले भनिन्(‘हामीलाई सम्मान नै भएन,हामी सलमान खानको कोरस भएर नाच्नु पर्ने त्यो पनि हिन्दी गीतमा । अनी हामीले ननाच्ने भनेका हौं ।’


उनले आयोजक कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले नेपाली कलाकारलाई देखाएको व्यावहारप्रति आक्रोस समेत व्यक्त गरिन । यता ओडिसीका प्रमुख सिमान्त गुरुङले प्रस्ताव गरिएका नेपाली नायिकाले ननाच्ने भनेपछि अब सलमानको शोमा कुनै पनि नायिकाले ननाच्ने बताए ।

‘यो कुरा हामीले सलमानलाई पनि भनिसकेका छौं’, उनले भने, ‘उहाँ छक्क पर्नु भयो ।’ कार्यक्रम हुने हरेक देशका नायिकाले सलमानको कोरस भएर नै नाच्ने गरेको गुरुङले दाबी गरे ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार