ब्रिटेनी दुई सदस्यलाई सिरियाका कुर्दिश लडाकूद्धारा पक्राउ

वासिंटन, माघ २६ । अमेरिकी अधिकारीहरुले इस्लामिक स्टेट ९आईएस० मा आवद्ध रहेर मानिसहरुको शीरच्छेदनमा संलग्न रहेका दुई ब्रिटेनी सदस्यलाई नियन्त्रणमा लिइएको दावी गरेका छन ।

ती दुई जनालाई सिरियाका कुर्दिश लडाकूले पक्राउ गरेका हुन । पक्राउ पर्नेमा एलेक्जेन्ड्र कोटे र अल शफी अल शेख रहेको बताइएको छ । तर ब्रिटेनको विदेश विभागले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैनउनीहरुको ग्याङ्गमा चार सदस्य रहेको बताइन्छ । लण्डन निवासी उनीहरुले आफ्नो ग्याङ्गको नाम ‘बीटल्स’ राखेका थिए ।

यिनीहरुले नै पश्चिमा देशका २७ भन्दा बढी बन्धकको शीर काटेर हत्या गर्नुका साथै चरम यातना दिएका थिए । यस समूहको मास्टरमाण्ड भने मोहम्मद एम्वाजी रहेको र उनलाई ‘जिहादी जोन’ नामले पनि चिनिने जनाइएको छ । जिहादी जोन भने सिरियामा सन् २०१५ मा भएको हमलामा मारिएका थिए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार