Bal-Umang

Bal-Umang

२३ औं विन्टर ओलम्पिक प्योङच्याङमा उदघाटन समारोहको भव्य तयारी


काठमाडौं, माघ २६ – २३ औं विन्टर ओलम्पिक दक्षिण कोरियाको प्योङच्याङमा शुक्रबारबाट उदघाटन समारोहको भव्य तयारी गरिएको छ ।
दक्षिण कोरियाका १३ स्थानमा १५ खेलको स्पर्धा हुनेछ । शुक्रबारदेखि शुरु हुने यो ओलम्पिक २५ फेब्रुअरीसम्म चल्ने छ । १०२ स्वर्ण पदकका लागि विश्वका ३ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै सन् २०१४ को ओलम्पिकमा शक्तिवर्धक औषधि लिएको आरोपमा प्रतिवन्ध खेपेको रुसका १६९ खेलाडीले यो प्रतियोगितामा स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्दैछन् ।

यो ओलम्पिक पहिलो पटक दक्षिण कोरियामा आयोजना हुन लागेको हो । सोलमा १९८८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना भएको थियो । तर प्योङचाङ शीतकालीन ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको पहिलो शहर बनेको छ ।

यही ओलम्पिकबाट उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार हुने विश्वास गरिएको छ । शत्रुतापूर्ण सम्बन्ध रहेका दुबै कोरियाली प्रायद्वीपका खेलाडीहरु यो ओलम्पिकमा एउटै झण्डामुनि आएका छन् । उदघाटन समारोहमा दुवै कोरियाली खेलाडीहरुले एउटै झण्डा लिएर मार्चपास गर्नेछन् ।

प्योङचाङ ओलम्पिक, इतिहासमै सबैभन्दा चिसो क्षेत्रमा भएको पहिलो ओलम्पिकसमेत हो । बिहीबार राति माइनस २० डिग्री रेकर्ड गरिएको तापक्रम अझै घट्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार