Bal-Umang

Bal-Umang

ब्लड् क्यान्सरपीडित कृस्टिना सुनुवारलाई दुबईमा बसोबास गर्न नेपालीहरुद्धार आर्थिक सहयोग

काठमाण्डौ, माघ २६ -ओखलढुंगाकी ब्लड्क्यान्सर पिडीत चार बर्षीया कृस्टिना सुनुवारलाईृ दुबईमा बसोबास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन ।
कृस्टिनाको उपचारर्थको लागि दुबईमा राजु के राईको नेतृत्वमा नगद ६८ हजार आर्थिक संकल्न गरेका थिए । सो सहयोगार्थ रकम खुसी राईको हातबाट कृस्टिनाका बुबा निर सुनुवारलाई एक कार्यक्रमको आयोजना गरी हस्तारण गरेका हुन ।
कृस्टिनाको उपचार गर्ने पैसा नभएपछि उनका बाबु निरले सबैसंग सहयोगको अपिल गरेका थिए । सोहि अपिल सामाजिक सञ्जालबाट थाहा पाएपछि दुबईमा रहेका नेपालीहरुले कृस्टिनाको उपचारको लागि आर्थिक संकलन गरेका थिए ।
कृस्टिनाको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले दुबईमा रहेका नेपालीहरुसंग पैसा संकलन गरेको राजु के राईले बताए । त्यसैगरी खोटा∙को हलेसीका अग्नीपिडितहरुको लागि पनि राई किरातीम्मा गायन समुहलाई पनि केहि आर्थिक सहयोग गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार