इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीको पोलीग्राफ परीक्षण


काठमाडौं, माघ २४ -गत ११ माघमा दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटनामा मिलापत्र गराउने प्रहरी निरीक्षक इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीको पोलीग्राफ परीक्षण गरिएको छ ।

सो घटनालाई ढाकछोप गर्न मुख्य भूमिका खेलेको आरोपमा इन्स्पेक्टर ठकुरीलाई प्रहरीले थुनामा राखेको छ । झुट बोलेको पत्ता लगाउन सोमबार उनको पोलीग्राफ परीक्षण गरिएको प्रहरी स्रोतले जनाएको छ ।

सामूहिक बलात्कारजस्तो जघन्य अपराधको घटनालाई आर्थिक लाभ लिएर मिलापत्र गराएको भन्दै गृह मन्त्रालयले ठकुरीलाई निलम्बन गरेको छ । प्रहरी निरीक्षक ठकुरी र पीडित युवतीको बयान बाझिएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन पोलीग्राफ परीक्षण गरेको जनाएको छ ।

त्यस्तै अभियुक्तलाई भगाएको आरोपमा सई चन्द्र भण्डारीलाई प्रहरी प्रधान कार्यालयले यसअघि नै निलम्बन गरेको थियो भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई जिल्लामा तानेर अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार