माअाेवाद र पहिचानकाे मुदा छाेडेर एकता नगर्न माेर्चाकाे माग

सरीता पुमा राई
काठमाण्डौं माघ २३- माओवादी निकट किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय कार्यसमितीले माओवाद र पहिचानका मुद्दालाई छाडेर पार्टी एकता नगर्न माओवादी केन्द्रलाई दबाब दिएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंगलबार मोर्चाले यस्तो दबाब दिएको हो । मोर्चाले प्रदेश १ लाई पहिचानका आधारमा किरात प्रदेश नामाकरण गर्नुपर्ने माग गरेको छ । पार्टी एकता गर्दा सबै पक्षले गरेको संघर्षलाई भुल्न नहुने मोर्चाका अध्यक्ष राजन किरातीले सम्मेलनमा बताए । किरात पहिचान कुनै जातिको मात्र पहिचान नभई समग्र प्रदेश १ वासीकै पहिचान भएको उनले बताए। त्यसैले प्रदेश १ को नाम किरात प्रदेस हुनुपर्ने उनले माग गरे । यस बिषयमा प्रदेश १ का सांसद, पार्टीका नेता, सामाजिक संघसंस्थासँग छलफल र अन्तक्र्रिया गर्ने बताए। प्रदेश १ को स्थायी राजधानी उदयपुरको बेलका र सुनसरीको बाराहक्षेत्रमा हुनुपर्ने प्रेस विज्ञप्ती मार्फत मोर्चाले माग गरेका छन । प्रदेश १ को राजधानी विराटनगर सुरक्षाका हिसाबले ठीक नभएको मोर्चाको भनाई छ ।

मार्चाको अध्यक्ष राईले मोर्चाले पहिचानका लागि धेरै संघर्ष गरेको बताए। माओवादीको कारण देशमा यति धेरै परिवर्तन आएको पनि मोर्चाका अध्यक्ष राईले जानकारी दिए । उनले माओवाद र पहिचान स्थापित गर्न मोर्चाले जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताए । मोर्चाले माओवादको मार्गनिर्देशनबाट अहिलेसम्म संघर्ष गर्दै आएको समेत बताए । यो सिद्धान्त अब त्याग्न नसक्ने उनले सम्ेमलनमा बताए । ‘एमालेसंग पार्टी एकता भइहाले वर्गीय क्षेत्रीय, जातीय र लैंगिक समस्या समाधानका लागि वैज्ञानिक विचारको रूपमा स्थापित मुद्दालाई छाडेमा आफूहरू एकता प्रक्रियाबाट अलग हुन सक्ने संकेत पनि उनले गरे ।
मोर्चाका महासचिव अर्जुन किरातीले सिद्धान्त त्यागेर पार्टी एकता गरे आफूहरूलाई मान्य नहुने बताए। उनले भने, ‘मोर्चा पहिला पनि गोपाल किरातीको नेतृत्वमा माओवादीमा आएको हो। यदि सिद्धान्त भुलेर एकता गर्ने हो भने हामी अलग हुन पनि सक्छौँ।’ सिद्धान्त त्यागेर एकता भएमा एकतालगत्तै मोर्चाले निर्णय लिने बताए । माओवादीका प्रदेश १ का १८ जना पोलिटब्युरो सदस्यले पार्टीका नेता गोपाल किरातीलाई कारवाही गर्नुपर्ने माग गरिरहेका बेला मोर्चाले यो गलत भएको बताएको छ। मोर्चाका संस्थापक नेता किरातीलाई पदका लोभमा कारवाही गर्न लागेको मोर्चाको भनाइ छ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार