गायिका सरु राईको गीतको भिडियोमा एलिसा र निराजनको नृत्य

काठमाडौँ ,माघ २२ -गायिका सरु राई सरस्वतीको झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा निराजन र एलिसालाई देख्न सकिन्छ ।
पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको बनेको देखिन्छ । गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन ।

युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको छ । गीतको शब्द तथा सङ्गीत अनुसार निराजन र एलिसाले अभिनयमा साथ दिन सफल भएका छन । फरक धारको यस गीत सबै दर्शक तथा स्रोताले मन पराउने आशा निर्माण टिमले लिएको छ । यस गीतको शब्द तथा सङ्गीत पनि फरकधारको रहेकाले दर्शकले नरुचाउनेमा दुइमत छैन ।

तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार